राष्ट्रपति, प्रधानमन्त्री निवासअघि दुई महिनासम्म प्रदर्शनमा रोक, प्रशासनले जारी गर्‍यो निषेधाज्ञा

1.3k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरसहित विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

फागुन २५ गतेदेखि लागू हुनेगरी सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय वरपर, उपराष्ट्रपति कार्यालय क्षेत्र, साथै प्रधानमन्त्री निवास बालुवाटार आसपास निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा दुई महिनासम्म लागू रहनेछ । यस अवधिमा ती क्षेत्रमा पाँच जना भन्दा बढी भेला भई नारा जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा प्रदर्शन भएको थियो । पूर्वराजावादीहरुको सक्रियता बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।