एनएसएलः सी क्याटेगोरीको ड्राफ्टमा कुन खेलाडी कुन टिममा ?


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) ले काठमाडौंमा आइतबार सी क्याटेगोरीको ड्राफ्ट सम्पन्न गर्यो । ड्राफ्ट अनुसार सात टोलीले आफ्नो टोलीमा ४ जना खेलाडीलाई भित्राए । यससँगै एनएसएलका सबै टोलीले आफ्नो टिम पूरा गरेका छन् ।

चार चरणमा भएको ड्राफ्ट अनुसार ड्राफ्टको पहिलो चरणमा बुटवल लुम्बिनी एफसीले सुमन श्रेष्ठलाई आफ्नो टिममा राखेको थियो । त्यस्तै धनगढी एफसीले अमृत श्रेष्ठ, एफसी चितवनले विवेक गुरुङ, एफसी झापाले सृजन दानी, काठमाडौं रेजर्स एफसीले भरत चौधरी, ललितपुर सिटी एफसीले मनोज राई र पोखरा थन्डर्स एफसीले नरेन चौधरीलाई रिटेन गरेको थियो ।

क्लबहरुले दोस्रो चरण अन्तर्गत बुटवल लुम्बिनी एफसीले निङ्साङ लिम्बु, धनगढी एफसीले रोहन खड्गी, एफसी चितवनले शिशिर चौधरी र झापा एफसीले एरोनथापालाई छनोट गरेको थियो । त्यस्तै काठमाडौं रेजर्स एफसीले मौसम लुंगेली मगर, ललितपुर सिटी एफसीले पवन शाही र पोखरा थन्डर्स एफसीले गौरव श्रेष्ठलाई छनोट गरेको थियो ।

तेस्रो राउण्डमा बुटवल लुम्बिनी एफसीले खेमराज श्रेष्ठ, धनगढीले हरिशराज बठिट्टा, एफसी चितवनले विशाल स्याङ्तेन, झापाले श्याम मुर्मु, काठमाडौं रेजर्स एफसीले पुस्कर खड्का, ललितपुर सिटी एफसीले दिपेश घले र पोखरा थन्डर्स एफसीले सकल रेग्मीलाई अनुबन्ध गरेको छ ।

त्यस्तै, चौथो राउण्डमा बुटवल लुम्बिनी एफसीले मनिष सेडाई, धनगढीले सन्तोष महत, एफसी चितवनले प्रदीप भण्डारी, झापा एफसीले अभिषेक गुरुङ, काठमाडौं रेजर्स एफसीले पेम्बा दोर्जे लामा, ललितपुर सिटी एफसीले अनिश क्षेत्री र पोखरा थन्डर्स एफसीले प्रविणकुमार सुनारलाई भित्राएका थिए ।