
कास्की । पोखराको लेकसाइडमा मानव सेवा फाउन्डेसनले कोटीहोम आयोजना गर्नका लागि गरेको भूमिपूजन विवादका कारण दुई पक्षबीच झडप भएको छ ।
पोखरा महानगरपालिकाको अनुमति बिना भूमिपूजन अघि बढाएपछि शुक्रबार बिहान विवाद उत्पन्न भएको हो । महानगरले रोक लगाउने प्रयास गरेपछि प्रहरीले कोटीहोम क्षेत्र बाहिर सुरक्षा व्यवस्था कडा पारेको थियो ।
विवादकै क्रममा दुबै पक्षका केही व्यक्ति घाइते भएका छन् । फाउन्डेसनले बाराहीघाट क्षेत्रमा कोटीहोम आयोजना गर्न लागेको छ, तर पोखरा महानगरले लेकसाइड क्षेत्रमा यस्तो कार्यक्रम गर्न नदिने स्पष्ट पारेको छ ।
फाउन्डेसनका संस्थापक विजय भण्डारीले भने जुनसुकै परिस्थिति आए पनि कोटीहोम गरेरै पोखराबाट फर्किने अडान लिएका छन् ।
प्रतिक्रिया