डेढ करोड तलब दिएर ट्रम्पपत्नी मेलानियाले राखिन् फेसन डिजाइनर, मेकअपको खर्चमा प्रश्न

2.8k
Shares

एजेन्सी । अमेरिकी ‘फर्स्टलेडी’ अर्थात राष्ट्रपति ट्रम्पकी पत्नी मेलानिया ट्रम्प कुनै बेला मोडलिङ क्षेत्रमा सक्रिय थिइन् । तर ट्रम्पसँग बिहे गरेसँगै उनको मोडलिङ करिअर सकियो । र सुरु भयो एक राजनीतिक सहकार्य ।

मोडलिङ पेशा छाडे पनि मेलानियाको सुन्दरता र उनको फेसन सेन्सबारे बारम्बार चर्चा भइरहन्छ । र त्यसभन्दा पनि धेरै चर्चा हुन्छ, मेलानियाको फेसन अटायरमा कति खर्च हुन्छ ?

हाल अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमै बसिरहने मेलानियाले कपाल, कपडा र अन्य फेसन वेरमा कति खर्च गर्छिन् भन्ने आम चासो हुनु स्वभाविक पनि हो ।

केही महिनाअघि मात्रै अमेरिकी मिडियाले सार्वजनिक गरेको एउटा रिपोर्टअनुसार मेलानियाका ‘फेसन स्टाइलिस्ट’लाई ६ महिनाको कन्सल्टिङ फी (परामर्श शुल्क) मात्रै १ लाख अमेरिकी डलर (१ करोड ३९ लाख रुपैयाँभन्दा धेरै) भन्दा धेरै रकम दिइएको थियो । र जुन रकम ट्रम्पले चुनावका लागि तयार पारेको सुपर प्याकको संकलित रकमबाट निकाशा गरिएको बताइन्छ।

मेलानियाका फेसन परामर्शदाता हार्भे पिएरे ब्रेलार्डले नै उक्त रकम पाएका हुन् । रोचक त के छ भने, २०२२ पछि ट्रम्पको ‘सेभ अमेरिका लिडरसिप प्याक’ को रकमभन्दा धेरै आम्दानी उनै मेलानियाका फेसन परामर्शदाता हार्भे पिएरेले गरेका थिए ।

यससँगै कमै मात्र घरबाहिर निस्कने तर फेसन तथा मेकअपमा अत्यधिक खर्च गर्ने मेलानियाको आनीबानीबारे पनि धेरै प्रश्न उठेको थियो । जवकि घरबाहिर ननिस्कने महिलाको मेकअपमा किन यति धेरै खर्च गरिन्छ भनेर धेरैले ट्रम्पमाथि प्रश्न उठाइरहेका पनि छन् ।

ट्रम्पको चुनाबी सुपर प्याकबाट पैसा कमाउँदै मेलानिया

अंग्रेजी पत्रिका डेली मेलकाअनुसार अघिल्लो पटक ट्रम्प राष्ट्रपति बन्दा मेलानियाका फेसन परामर्शदाता हार्भेलाई नियमित ८ किस्तासम्म प्रत्येक महिना १८ हजार डलर साथै अतिरिक्त ६ हजार डलर ‘स्ट्राटेजी कन्सल्टिङ’का लागि दिइएको थियो ।

यसैगरी हार्भेले २०२२ को अप्रिलदेखि मेलानियाको फेसन डिजाइनबाटै जम्मा ३ लाख ७१ हजार डलर कमाएका छन् ।
रोचक त क छ भने, मेलानियाले फेसनका लागि १ लाख डलर खर्च गरिरहँदा ट्रम्प दोस्रो पटक राष्ट्रपति निर्वाचनको तीब्र तयारीमा थिए । मेलानिया भने ट्रम्पको सार्वजनिक कार्यक्रममा पनि उपस्थित भएकी थिइनन् ।

बरु त्यसबेला मेलानियाले अधिकांश समय घरमै बिताइन् । मेलानिया लामो समयपछि गत जनवरीमा आफ्नी आमाको निधनको क्रममा मात्रै सार्वजनिक इभेन्टमा उपस्थित भएकी थिइन् ।

त्यसभन्दा पहिले मेलानिया पहिलो पटक फस्र्ट लेडी भएको बेला उनका डिजाइनर हार्भेको सम्पूर्ण काम नै मेलानियालाई पोशाक चयन गरिदिने थियो । त्यसमध्ये कतिपय चाहिँ हार्भेकै आफ्नै डिजाइन हुन्थ्यो ।

मेलानियाका परामर्शदाताले भने केही पहिले अन्तर्वार्ता दिने क्रममा आफू ह्वाइट हाउसमा बसेर फस्र्ट लेडीको फेसन डिजाइन गर्न पाउँदा अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका थिए । त्यसका लागि उनले आफूलाई भाग्यमानी ठानेका थिए ।

यससँगै घरबाहिर ननिस्कन नचाहने मेलानियाका लागि राष्ट्रपति ट्रम्पले किन यति धेरै खर्च गरिरहेका छन् भनेर प्रश्न पनि उठिरहने गर्छ । जवकि त्यसमध्ये कतिपय खर्च चुनावी खर्चमा संकलन भएको रकम पनि थियो । जसमा धेरै मानिसको चन्दा मिसिएको हुन्छ ।

यसैले पनि धेरै मानिसहरु सोधिरहन्छन्, ‘ट्रम्पले फेसन डिजाइनरलाई किन यति धेरै रकम खर्च गरिरहेका छन् ? मेलानियाका डिजाइनर हार्भेले ह्वाइट हाउसमा के गर्छन् ?’

यस्ता थुप्रै प्रश्नहरु सामाजिक सञ्जालमा ट्रम्प र मेलानियामाथि उठ्ने गरेका छन् । कतिपयले त आफ्नो निवास नछाड्ने मेलानियाले मासिक १८ हजार डलर कहाँ खर्च गर्छिन् भनेर पनि सोध्छन् । यसका लागि हार्भेलाई सिनेटमा बोलाएर पनि सोधपुछ गर्नुपर्छ भनेरे धेरैले प्रश्न उठाएका थिए ।

ट्रम्प हालै दोस्रो पटक राष्ट्रपति बनिसकेपछि भने मेलानियाका लागि मेकअप तथा फेसनका लागि कति खर्च छुट्याउने गरेका छन् भनेर सार्वजनिक भएको छैन । यद्यपि पूर्वमोडेल मेलानियाको मेकअप खर्चलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको पाइन्छ ।
उनले आँखा, कपाल, नङ लगायत शरीरका अंगका लागि नै हजारौं डलर खर्च गर्ने गरेको पाइन्छ । यसबाहेक नियमित कपडा, जुत्ता, ब्याग जस्ता सामग्रीको लागि त झनै महंगो खर्च गर्ने गरेकी छन् ।