सुदूरपश्चिममा वर्षा, अन्य प्रदेशको मौसम कस्तो रहला ?

161
Shares

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको परेको आंशिक प्रभावका कारण आज बिहानदेखि सुदूरपश्चिम प्रदेशको केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेशबाहेक कर्णाली, कोशी, गण्डकी, मधेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।