आज २०८१ साल फागुन १७ गते शनिबारको राशिफल हेर्नुहोस्

420
Shares

आदरणीय दर्शकबृन्द नमस्कार एवं शुभप्रभात । सदाझै आज पनि आइपुगेको छु म तपाईंहरुकै ज्योतिष अनुप खतिवडा ।

हाम्रो उद्देश्य तपाईंलाई जीवनका विभिन्न पक्षहरूमा सही मार्गदर्शन दिनु हो—चाहे त्यो प्रेम सम्बन्ध हो, परिवारको स्थिति होस्, पेशागत जीवन होस्, स्वास्थ्य होस्, या समग्र समृद्धि । आजको कार्यक्रममा हामी तपाईंलाई केही महत्त्वपूर्ण ज्योतिषीय टिप्स, वास्तु टिप्स ! राशिफल प्रस्तुत गर्दै छौं ।

अब आजको पञ्चाङ्ग हेरौं

आज मिति २०८१ साल फागुन १७ गते शनिबार । अङ्ग्रेजी क्यालेन्डर अनुसार इस्वि संवत् सन २९२५ मार्च १ तारिख । शक संवत् १९४६, नेपाल संवत् ११४५ चिल्लाथ्व । यो वर्ष कालयुक्तनामको संवतसर रहेको छ । सूर्यउत्तरायण छन् भने शिशिर ॠतु चलिरहेको छ ।

आज फाल्गुन शुक्लपक्ष द्वितिया तिथि ०३:१ बजेसम्म रहेको छ, त्यसपछी तृतीया तिथी। नक्षत्र पूर्वभाद्रा दिउँसो १ :४१ बजेसम्म, त्यसपछी उत्तरभाद्रा । साध्य योग साझ ०६ :५८ बजेसम्म, त्यसपछी शुभ
चन्द्रमा कुम्भ राशिमा रहने छ । आज सूर्योदय बिहान ६:३० बजे हुने छ भने सूर्यास्त साझ ०६ बजेर ३ मिनेटमा हुने छ।

अब सुरु गरौं राशिफल

पहिलो राशि मेष

यो राशिका लागि आज तामाको भाँडा, पूजा सामग्री, फलाम उनिको कपडा गुन्द्री पिरा जस्ता सामान किन्नु शुभ रहनेछ। चमकदार गहना नकिन्नुहोस् यसले आखामा समस्या आउने छ।

एतिहासिक संग्रहालय घुम्न जानुस शुभ हुनेछ।
आज मेष राशिकालागि श्रीरामचरितमानस, हनुमान चालीसा पाठ गर्नु लाभदायक छ यसले सन्तान निरोगी हुनेछ्न् ।

टेनिस, फुटबल लगायतका खेल खेल्नुस् मानसिक स्फुर्ती जाग्ने छ। वृद्ध सदस्यलाई मानसिक शान्ति र सकारात्मक वातावरण दिनु महत्त्वपूर्ण छ। हड्डी र घुँडाको समस्या आउने सम्भावना छ ।

समाधानका लागि हनुमानजीको पूजा उपसना गर्नु शुभ देखिन्छ।

मेष राशिका लागि शुभ दिशा: पूर्व
अशुभ दिशा: पश्चिम रहेको छ ।
शुभ रङ: सुन्तला हुँदा अशुभ रङ: सेतो रहेको छ ।
शुभ अंक: १, अशुभ अंक: ५ रहेको छ ।

विशेष सुझाव: ध्यान र साधना गर्नको लागि समय निकाल्नु, बास्तु अनुसार उत्तर-पूर्व दिशा स्वच्छ राख्नु ।

वृष

वृष राशिकाले आज फलाम निर्मित वस्तु, तोरीको तेल परालबाट बनेका पिरा, गुन्द्री , सुकुल, राडी पाखी किन्नु शुभ हुनेछ भने चिनी, सुन किन्नु त्यति शुभ हुने छैन ।

समथर टारहरु जहाँ ढकमक्क फुलहरु फूलेका छन् वा गुराँस फुल्ने ठाउँमा स परिवार घुम्न जानु आज यो राशिका लागि उत्तम छ ।

क्रिकेट, दौड जस्ता खेलमा सहभागिता जनाउनुस् । आजको दिन जीवन‍साथीले गर्ने अधिक खर्चले तपाईंलाई तनाव दिन सक्ने योग छ भने केही बस्तु, धन हराउने योग पनि छ । मानसिक शान्ति कायम राख्नु जरुरी छ । वृष राशिकाले आज विष्णुपुराण, भगवद्गीता पाठ वा श्रवण गर्नु शुभ हुनेछ।

समाधानको लागि ॐ नमो भगवते वासुदेवाय मन्त्र १०८ जप गर्नु लाभदायक छ।

वृष राशिका लागि आज शुभ दिशा: उत्तर छ भने अशुभ दिशा: दक्षिण रहेको छ।
शुभ रङ: हरियो छ भने अशुभ रङ: सेतो रहेको छ ।

शुभ अंक: २ अशुभ अंक: ४ रहेको छ ।
विशेष सुझाव: बास्तुअनुसार घरको दक्षिण-पश्चिम दिशा बलियो राख्नु, आर्थिक समृद्धि ल्याउँछ।

मिथुन

बदाम, नरिवल, चाँदीको सामान किन्नु आज मिथुन राशिका लागि शुभ रहेको छ।
सेतो वस्त्र, सुन खरिदले तपाईंको सोच्ने क्षमतामा ह्रास ल्याउँछ।

उच्चपहाडी क्षेत्र सपरिवार घुम्न जानुस् दिन शुभ हुनेछ।

गीता, रामायणको पाठ गर्नु, जेष्ठ नागरिकको सम्मान, गुरुपुरोहितको आशीर्वाद लिनुस् दिन शुभ बित्ने छ ।

बास्केटबल, दौड जस्ता खेलमा भाग लिन सक्नु हुनेछ।

आज मिथुन राशिका जातको हाडजोर्नी तथा माशंपेशी सम्बन्धी समस्याको योग छ।
समाधानका लागि ॐ श्री कृष्णाय नमः मन्त्रको जप गर्नू लाभदायक ।
मिथुन राशिका लागि आज शुभ दिशा: पश्चिम, अशुभ दिशा: पूर्व रहेको छ भने शुभ रङ: नीलो, अशुभ रङ:, हरियो रहेको छ ।

शुभ अंक: ३ हुँदा अशुभ अंक: ७ रहेको छ ।
विशेष सुझाव: घरको उत्तर दिशा स्वच्छ राख्नु, मानसिक शान्तिको लागि ध्यान गर्नु।

कर्कट

पूजा सामग्री, तोरीको तेल, सेता बस्तु कपुर, कपास किन्नु कर्कट राशिका लागि आज लाभदायक छ । मिठाइ किनेर बाँड्नु भयो भने रोकिएका काम ८०% बन्ने योग छ ।

आजको दिन कर्कट राशिकाले बहुमुल्य सामान नकिन्दा फाइदा पुग्छ । यदी किन्नु भयो भने सन्तान बिरामी पर्न सक्ने योग छ ।

मन्दिर, नदी, तलाउ र वनभोज लगायतका शनिवारीय गतिविधीमा सहभागी हुनु आजका लागि फाइदाजनक छ ।

दुर्गा सप्तशती, भागवत गीता पाठ गर्नाले तपाईंको उर्जा बढ्ने छ ।

बुद्धि चाल खेल्नु तपाईंका लागि राम्रो हुनेछ ।

परिवारको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नु।

तपाईलाइ गुप्त रोगले सताउँछ । समाधानका लागि ॐ दुं दुर्गायै नमः मन्त्रको जप र देवीको उपसनाले कर्कट राशिलाई फाइदा पुग्छ ।

शुभ दिशा: उत्तर हुँदा अशुभ दिशा: पश्चिम रहेको छ ।
शुभ रङ: गुलाबी, अशुभ रङ: कालो रहेको छ ।
शुभ अंक: ५ छ भने अशुभ अंक: ६ रहेको छ ।
विशेष सुझाव: बास्तुअनुसार घरको उत्तर-पश्चिम दिशा बलियो राख्नु, यसले सकारात्मक ऊर्जा ल्याउँछ।

सिंह

आज चनाको दाल, कालो तील, तामाको पूजा पाठ गर्ने भाडावर्तन, किन्नु सिंह राशिका लागि शुभ हुनेछ । यसले पदोन्नतीको योगसमेत रहेको छ ।

आजको दिन सेतो वस्त्र, सुन किने हानी हुने देखिएको छ जसलदे आर्थिक उन्नतिमा बाधा पुर्‍याउने छ ।

स-परिवार लामो यात्रा गर्नुस्, दिन शुभ शुभ हुनेछ।

महाभारत, रामायण पुस्तक पढ्नाले सन्तान संस्कारी हुनेछन् ।

फुटबल, क्रिकेट जस्ता खेल खेल्नुस् जस्ले शारीरिक र मानसिक स्फुर्ती बढ्ने छ।

परिवारका सदस्यको शारीरिक र मानसिक स्वास्थ्यमा केही समस्या देखिन सक्छ ।
समाधानको लागि भगवान शिवको पूजा उपसना गर्नु शुभ हुनेछ । त्यसका लागि ॐ नमः शिवाय” मन्त्र जप गर्नुस् ।

सिंह राशिका लागि आज शुभ दिशा: पूर्व हुँदा अशुभ दिशा: दक्षिण रहेको छ ।
शुभ रङ: सेतो अशुभ रङ: हरियो रहेको छ ।
शुभ अंक: २ हुँदा अशुभ अंक: ६ रहेको छ ।
विशेष सुझाव: घरको दक्षिण दिशा बलियो राख्नु, आन्तरिक ऊर्जा वृद्धि हुन्छ।

कन्या

कन्या राशि भएकाले आज कालो तील, पूजा सामग्री ,तोरिको तेल र ऎना किन्नु शुभ हुनेछ । चिनी, सुनका गरगना चाँदीको भाडा किन्नु शुभ छैन ।
उच्चस्थानमा सपरिवार घुम्न जानु शुभ देखिन्छ ।

भागवत गीता, विष्णु पुराण पाठ गर्नाले सन्तान कुलतमा लाग्दैन्न । ब्याडमिन्टन, दौड र भलिवल खेल्न सक्नु हुनेछ जस्ले मानसिक स्फुर्ती बढ्ने छ ।

मानसिक शान्ति र सकारात्मकता कायम राख्नु । आज हड्डी र घुँडाको समस्यामा देखिन सक्ने योग छ । समाधानका लागि विष्णु भगवानको पूजा, सत्यनारायण को पूजा गर्नु उपयुक्त छ । ॐ नमो भगवते वासुदेवाय मन्त्रको जपले पनि फाइदा पुग्छ ।
कन्या राशिका लागि शुभ दिशा: उत्तर हो भने अशुभ दिशा: दक्षिण रहेको छ ।
शुभ रङ: हरियो हो भने अशुभ रङ: सेतो रहेको छ ।

शुभ अंक: २, ५ हुन् भने अशुभ अंक: ३, ६ रहेका छन् ।

विशेष सुझाव: घरको उत्तर-पश्चिम दिशा स्वच्छ राख्नु, आन्तरिक शान्ति प्राप्त हुन्छ।

तुला

बदाम, कालो तील र सोफा फर्निचरको सामान किन्नु आज तुला राशिका लागि शुभ छ । चिनी, सुन, चादी , रत्नहरु आजको दिन किन्नु भयो भने यसले तपाईंको आर्थिक उन्नतिमा बाधा पुग्ने योग छ ।

ऐतिहासिक क्षेत्र सपरिवार घुम्न जानुस् परिवार खुशी हुने छन्। रामायण, महाभारत जस्ता धामिक पुस्तकको पाठले आज लाभ मिल्ने छ ।

बास्केटबल, टेनिस लगायतका खेल खेल्दा ध्यान दिनु होला, आज चोटपटकको योग छ भने हड्डी र मांसपेशीको समस्या आउने छ । समाधानका लागि कृष्ण भवगानको उपसना गर्नुस् । ॐ श्री कृष्णाय नमः मन्त्र जपले फाइदा पुग्छ ।

शुभ दिशा: पश्चिम रहेको छ भने अशुभ दिशा: पूर्व हो ।
शुभ रङ: नीलो हुँदा अशुभ रङ: हरियो रहेको छ ।
शुभ अंक: ४ र अशुभ अंक: १ रहेको छ ।

विशेष सुझाव: बास्तु अनुसार घरको उत्तर-पश्चिम दिशा बलियो राख्नु, सकारात्मक ऊर्जा बढाउँछ।

बृश्चिक

काँचो अन्न, तेल, हरियो वस्त्र किने बृश्चिक राशि भएकाले सन्तान सुख पाउने योऊ छ । आज सुन र रत्न किन्नु शुभ देखिएको छैन।

शिवमन्दिर , पोखरी, तलाउ घुम्न जादा शुभ हुने देखिन्छ। श्रीरामचरितमानस, र भगवत गीता पढ्दा लाभ मिल्ने छ।

क्रिकेट, स्विमिङ जस्ता खेलहरु पनि खेल्न सक्नु हुनेछ। परिवारका सदस्यको मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिनुहोस् । पेट र पाचन समस्यामा ध्यान दिनुहोस् । भोजभतेरमा सहभागिता जनाउँदै हुनुन्छ भने खानपिनमा ध्यान दिनुस्, पेटसम्बन्धी समस्याको योग छ ।

आजको दिन शिव भगवानको पूजा उपसना गर्दा लाभ मिल्नेछ । “ॐ नमः शिवाय” मन्त्र ले जप गर्नु लाभदायक छ ।
बृश्चिककका लागि शुभ दिशा: पूर्व हो भने अशुभ दिशा:पश्चिम रहेको छ ।
शुभ रङ: रातो रहँदा अशुभ रङ: सेतो रहेको छ ।
शुभ अंक: ८ छ भने अशुभ अंक: २ रहेको छ ।

विशेष सुझाव: घरको उत्तर-पूर्व दिशा स्वच्छ राख्नु र मन्दिरमा ध्यान गर्नु, यसले मानसिक शान्ति र समृद्धि ल्याउँछ।

धनु

आज तपाईंले धार्मिक पुस्तक, खेलकुदका सामग्री, हरियो वस्त्र, पूजा सामग्री किन्नु शुभ रहेको छ भने चिनी, सुन जस्ता पदार्थ किन्दा हानी हुने योग छ ।

पढ्न पर्ने किताब: भगवद गीता, रामायण । निकुञ्ज, धार्मिक स्थलहरू घुम्न जादा शुभहुने देखिन्छ ।
खेल: बास्केटबल, फुटबल। परिवारको स्वास्थ्य: परिवारलाई शारीरिक र मानसिक विश्राम दिने उपायहरू अपनाउनु उपयुक्त हुने छ ।

पेट र पिसाव सम्बन्धी समस्यामा हुनसक्ने योग छ । त्यसको समाधानका लागि सूर्यको पूजा उपसना गर्दा लाभ मिल्नेछ । “ॐ सूर्याय नमः” मन्त्र जप गर्नू लाभदायक छ ।
धनुका लागि शुभ दिशा: उत्तर रहेको छ भने अशुभ दिशा: पश्चिम हो ।
शुभ रङ सुन्तला रहेको छ भने अशुभ रङ हरियो रहेको छ ।
शुभ अंक: १ हुँदा अशुभ अंक: ८ रहेको छ ।

विशेष सुझाव: घरको उत्तर-पूर्व दिशा स्वच्छ राख्नु, यसले सकारात्मक ऊर्जा ल्याउँछ।

मकर

तेल, मसला, इलेक्ट्रोनिक्स सामान, हरियो वस्त्र खरिद गर्दा लाभ मिल्ने छ।
मोतिको माला, सेतो गहना वा रत्न खरिद गर्नु मकर राशिका लागि आज फाइदाजनक छैन ।

धार्मिक स्थल र नदीकिनारा सपरिवार घुम्न जान शुभ हुनेछ । विष्णु पुराण, महाभारतको पाठले आज लाभ दिन्छ ।

क्रिकेट, स्विमिङ जस्ता खेलमा आफूलाई व्यस्त राख्न सकिन्छ ।
परिवारका सदस्याई आज रुघा खोकी र स्वर सम्बन्धी समस्या आउन सक्ने योग छ ।

परिवारसँग रमाइलो समय बिताउनु र एक-अर्कालाई सहयोग पुर्याउनु पर्ने देखिन्छ।

दिन शुभ राख्न गणेश भगवानको पूजा उपासना गर्नुस्,ॐ गं गणपतये नमः मन्त्रको जपले फाइदा पुग्छ ।

शुभ दिशा: उत्तर हो भने अशुभ दिशा: पश्चिम रहेको छ ।
शुभ रङ: कालो रहँदा अशुभ रङ सेतो रहेको छ ।
शुभ अंक: ३ र ८ हो भने अशुभ अंक: ४ र ५ रहेको छ ।
विशेष सुझाव: घरको उत्तर दिशा सफा राख्नु, यसले आर्थिक समृद्धि ल्याउँछ।

कुम्भ

आज हजुरहरुका लागि चाँदीका गहना, तोरी तेल किन्नु शुभ हुनेछ। बिलासी सामान किन्नु आज लाभदायक छैन ।

बौद्ध स्तुपा वा कृष्ण मन्दिर दर्शन गर्न वा घुम्न जादा शुभ देखिन्छ ।
आज श्रीरामचरितमानस, भगवद गीताको पाठले लाभ पुग्छ ।

आज कुम्भ राशिका लागि आँखा र हड्डीमा समस्यामा आउने योग छ ।
समाधानको लागि भगवान शिवको आराधना गर्नु लाभदायक छ । त्यसका लागिॐ नमः शिवाय मन्त्रको जप गर्नुस्
कुम्भका लागि शुभ दिशा: पश्चिम रहँदा अशुभ दिशा: पूर्व रहेको छ ।
शुभ रङ: कालो रहेको छ भने अशुभ रङ: सेतो रहेको छ ।
शुभ अंक: २, ६ हुन् भने अशुभ अंक: १, ४ रहेको छ ।
विशेष सुझाव: घरको उत्तर-पूर्व दिशा स्वच्छ राख्नु, यसले सकारात्मक ऊर्जा ल्याउँछ।

मीन

आज तपाईंका लागि फलाम , चाँदीको सामान, पूजा सामन किन्नु शुभ रहेको छ। सुन, गरगहनाको खरिद त्यति शुभ देखिएको छैन । परिवारका साथमा पर्यटकीय क्षेत्र घुम्न जाँदा शुभ हुनेछ । आज दुर्गा सप्तशती र श्रीमद्भगवद गीता रहेका छ्न् ।

स्विमिङ, टेनिस जस्ता खेल खेल्नु तपाईंका लागि उपर्युक्त छ ।

मीन राशिकाहरुलाई आज पेट र हाड्जोर्नीका समस्यामा आउन सक्छ ।

समाधानका लागि दुर्गाको आराधना गर्नु राम्रो छ । ॐ दुं दुर्गायै नमःको जपले लाभ पुग्छ ।

शुभ दिशा: उत्तर रहँदा अशुभ दिशा: पश्चिम रहेको छ ।
शुभ रङ: गुलाबी हो भने अशुभ रङ: कालो रहेको छ ।
शुभ अंक: १, ९ हुन् भने अशुभ अंक: ३, ५ रहेको छ ।
विशेष सुझाव: घरको दक्षिण-पश्चिम दिशा सफा र मज्बुद राख्नु, यसले मानसिक शान्ति ल्याउँछ।

याद राख्नुहोस्, ज्योतिषशास्त्र केवल भविष्यवाणी मात्र होइन, यो एक जीवन दर्शन हो जसले तपाईंलाई सही मार्गमा चल्नका लागि प्रेरित गर्छ। जीवनका कुनै पनि क्षेत्रमा असमर्थतासँग जुद्न, सन्तुलन राख्न र अवसरलाई उचित प्रकारले उपयोग गर्नका लागि ज्योतिष एक अमूल्य उपकरण हो ।

हाम्रा सुझावहरू जानकारी तपाईंलाई कस्तो लाग्छ। भन्न नबिर्सनु होस् । तपाईंहरुको हौसलाले नयाँ नया कुरा खोज्न प्रेरणा मिल्दछ।

आशा छ कि तपाईंले आजको कार्यक्रमबाट लाभ लिनु भएको छ। आगामी कार्यक्रममा फेरि भेट्ने आशामा, तपाईंला भविष्यका लागि सकारात्मक मार्गदर्शनको शुभकामना दिन चान्छौं ।

शुभदिन ! जय होस् क्लिकमान्डु डटकम हेर्दै गर्नुहोला ।।