शेखर गोल्छा, दीपक भट्टसहितको लगानी रहेको गार्डियन माइक्रो मर्जरमा जाने

5.9k
Shares

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स मर्जरमा जान तयार भएको छ । कम्पनीले बोलाएको दोस्रो बार्षिक साधारणसभाको विशेष प्रस्ताव गरेको छ ।

कम्पनीले चैत ११ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभा होटेल एयरपोर्ट, बिराटनगरमा हुनेछ । प्रस्तावमा अन्य कुनै इन्स्योरेन्ससँग गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव छ ।

यस्तै सभाले २ जना सञ्चालन निर्वाचित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ ।

कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । कम्पनीले केही समय अघि आईपीओ ल्याएको छ ।

कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ रहेका छन् । कम्पनीमा उनको ५० हजार कित्ता सेयर स्वामित्व छ । कम्पनीको सञ्चालक डा. जय प्रकाश जैसवालको १० हजार कित्ता, ज्योतिष शास्त्री क्षेत्रमा करिब ३० बर्षको कार्य अनुभव संगालेका संचालक उदय नारायण भट्टराईको १० हजार कित्ता, सञ्चालक त्रिशिला झुनझुनवालाको १० हजार कित्ता सेयर स्वामित्व छ । स्वतन्त्र सञ्चालकमा प्रमोद प्रसाद भट्टराई रहेका छन् ।

कम्पनीको आधारभूत सेयरधनी दीपक भट्टको ११ लाख २५ हजार कित्ता, एसजि फिन्कोर्ष प्रालिको ११ लाख २५ हजार कित्ता, नेब्बुल्लस क्यापिटलको ६ लाख २ हजार कित्ता, राज बहादुर साहको ३ लाख कित्ता, हुलास अटोक्राफ्ट प्रालिको ३ लाख कित्ता, शुभम दुगडको ३ लाख कित्ता, मेटा इन्भेष्टमेन्ट कम्पनीको १ लाख २५ हजार कित्ता, प्रिन्टसेल इमेजिंग प्रालिको १ लाख १० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै लिला अग्रवालको १ लाख कित्ता, सुलोचना अग्रवालको १ लाख कित्ता, लियोन मोटर्स प्रालिको ८५ हजार कित्ता, साक्षी बंसल (गुप्ता) को ७५ हजार कित्ता, आकांश गुप्ताको ७५ हजार कित्ता, लतिक गोल्याणको ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । नेब्बुल्लस क्यापिटल प्रा।लिको सञ्चालकमा रेनु अग्रंवाल रहेकी छिन् ।

एस जि फिन्कोर्प प्रालिको सञ्चालकमा शंकर लाल अग्रवाल, हुलास अटोक्राफ्ट प्रालिको सञ्चालकमा शेखर गोल्छा, ३० हजार कित्ता सेयर स्वामित्व रहेको विजवल्र्ड एडवाइजरि प्रालिको सञ्चालकमा सिद्धान्त झुनझुनवाला रहेका छन् ।

लियोन मोटर्स प्रालिको सञ्चालकमा आशिष श्रेष्ठ, मेटा इनभेष्टमेन्ट कम्पनी प्रालिको सञ्चालकमा सुजा शाक्य, ७ प्रिन्टसेल इमेजिंग प्रालिको सञ्चालकमा निलम देबी जैन र एक्सप्लोर इण्टरनेशनल प्रालिको सञ्चालकमा उदिप श्रेष्ठ रहेका छन् ।