
काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको ३८औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
बार्षिकोत्सवको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग गरेको छ । त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा सहयोग गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता गरेको छ । जसमा पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरेको छ ।
बार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरे ।
प्रतिक्रिया