
काठमाडौं । चालु आर्थिक वर्षका १० महिनामा जीवन बिमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
माघसम्म प्रथम बिमाशुल्क (वैदेशिक रोजगार बाहेक) १८ अर्ब ४३ करोड ४ लाख रुपैयाँ वैदेशिक रोजगार बिमाशुल्क १ अर्ब ७० करोड ३४ लाख, नविकरण बिमाशुल्क ७५ अर्ब २५ करोड २७ लख रुपैयाँ रहेको छ ।
यस्तै माघ महिनामा मात्रै जीवन बिमा कम्पनीले १४ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । जसमा प्रथम बिमाशुल्क २ अर्ब ५८ करोड ८९ लाख वैदेशिक रोजगार बिमाशुल्क २६ करोड ९० लाख, नविकरणीय बिमाशुल्क ११ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
बिमा प्राधिकरणका अनुसार माघ मसान्तसम्म राष्ट्रिय जीवन बिमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ११ अर्ब २३ करोड ६५ लाख, नेपाल लाइफले २६ अर्ब ५४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ११ अर्ब १७ करोड ९ लाख, मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ९० करोड ८२ लाख, सन् नेपाल लाइफले २ अर्ब ३८ करोड ७२ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड २५ लाख, सिटिजन लाइफ ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
यस्तै सूूर्यज्योति लाइफले ५ अर्ब ९५ करोड २२ लाख, सानिमा रिलायन्सले ३ अर्ब ८० करोड ९६ लाख, हिमालयन लाइफले ९ अर्ब ९० करोड र प्रभुु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया