दुई प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

322
Shares

काठमाडौं । पश्चिमी वायूको आंशिक प्रभावका कारण आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ ।