शिखर इन्स्योरेन्सका ठूला सेयरधनीमा बुद्ध एयरदेखि कैलाश सिरोहियासम्म

1.2k
Shares


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा बुद्ध एयरदेखि सञ्चार उद्यमी कैलाश सिरोहियासम्म रहेका छन् ।

कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व गौरभ अग्रवालको रहेको छ । अग्रवाललको १२.३२ प्रतिशत, बुुद्ध एयरको ६.१८ प्रतिशत, शसिकान्त अग्रवालको ४.३३ प्रतिशत, विकास जंग बहादुर राणाको ४.०४ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल प्रसाद सिरोहियाको ३.६७ प्रतिशत, पवित्र कुमार कार्कीको १.६८ प्रतिशत, शेखर बस्नेतको १.०५ प्रतिशत, राजेन्द्र प्रसाद श्रेष्ठको ३.६५ प्रतिशत, लोमस इन्भेष्टमेन्ट प्रालिको २.६९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै जितेन्द्र बहिटीको १.४६ प्रतिशत, किरण प्रकाश पाण्डको १.१३ प्रतिशत, पवन कुमार अग्रवालको १.७२ प्रतिशत, चन्दा शेर्पाको ६.३८ प्रतिशत र बिरेन्द्र बहादुर बस्नेतको १.८५ प्रतिशत सेयर स्वामित्व छ ।