सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

336
Shares

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।

Skip This