
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू निकट नेताहरुसँग छुट्टै छलफल गरेका छन्।
शनिबार काठमाडौँको विशालनगरमा आफ्ना पक्षका नेताहरूसँग छलफल गर्दै उनले २०८४ पछि हुने पार्टी महाधिवेशन स्वीकार्य नहुने बताए।
‘बाहिर कुरा त महाधिवेशन २०८४ को निर्वाचनपछि मात्र हुने हल्ला छ। यो चिन्ताजनक विषय हो। यो म मान्न सक्दिनँ। तपाईंहरू पनि जिल्लामा अप्ठ्यरो पर्छ भन्दै सम्झाउनुहोला’, उनले भने।
कांग्रेसको सत्तापन पक्षले गएको शुक्रबार छुट्टै छलफल गर्दै पार्टी महाधिवेशन २०८४ पछि लैजान सकिने गरी छलफल गरेको थियो। त्यसपछि संस्थापनइतर समूहले महाधिवेशन समयमै गर्नुपर्ने माग गर्दै आइरहेको छ।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिएसँगै डा। कोइराला आफै देश दौडाहामा छन्। देश दौडाहमा उनले पार्टी नेता कार्यक्रतासँग छलफल गरिरहेका छन्।
निर्वाचन कानुन अनुसार पार्टीको पाँच वर्षको महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार कांग्रेसले २०८२ मंसिरसम्म महाधिवेशन गर्नुपर्नेछ।
प्रतिक्रिया