कालिमाटी तरकारी थोक बजार : रातो आलु ३३ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

161
Shares

काठमाडौंं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा शनिबार थोकमा प्याजको मूल्य घटेको छ ।

शनिबार ठूलो गोलभेँडा प्रतिकेजी ५०, सानो गोलभेँडा २३, आलु रातो ३४, आलु रातो ३३, प्याज सुकेको ७५, गाजर लोकल ३५, गाजर तराई २५, बन्दा लोकल १५, बन्दा तराई १२, बन्दा नरिवल १२, काउली स्थानीय १८, स्थानीय काउली ज्यापु २५, काउली तराई १८, मूला रातो ३५, मूला सेतो लोकल २५, सेतो मूला हाइब्रिड ३०, भन्टा लाम्चो २५ र भन्टा डल्लो ६० रुपैयाँमा बिक्री भएको छ ।

यसैगरी मटरकोसा ६०, घिउसिमी लोकल ६०, घिउसिमी हाइब्रिड ६०, घिउसिमी राजमा ९०, टाटेसिमी ५०, तिते करेला १४०, लौका ५०, घिरौँला १२०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी ११०, सखरखण्ड ७०, बरेला ४५, पिँडालु ९०, स्कूस ४०, रायो साग १५, पालुङ्गो साग ४०, चमसुरको साग ५०, तोरीको साग २५, मेथीको साग ५०, प्याज हरियो ३०, बकुला ७०, तरुल ८०, च्याउ कन्ये १०० र च्याउ डल्ले ४५० रुपैयाँमा बिक्री भएको छ ।

ब्रोकाउली ५०, चुकुन्दर ६०, रातो बन्दा ७०, जिरीको साग ६०, ग्याठ कोबी ४०, सेलरी प्रतिकेजी ४००, पार्सले ७००, सौफको साग ६०, पुदिना ४००, गान्टे मूला ६० तामा १००, तोफु १२० र गुन्द्रुक ३०० रुपैयाँमा बिक्री भएको छ ।

यसैगरी अदुवा १२०, खुर्सानी सुकेको ४००, खुर्सानी हरियो ७०, खुर्सानी हरियो बुलेट ८०, खुर्सानी हरियो माछे ६०, भेँडेखुर्सानी ६०, लसुन हरियो ६०, लसुन सुकेको चाइनिज ३०० र लसुन सुकेको नेपाली ३०० रुपैयाँमा बिक्री भएको छ ।