कालिमाटी तरकारी थोक बजार : प्याजमा ४ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ?

343
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा शुक्रबार थोकमा प्याजको मूल्य घटेको छ । बिहिबार प्रतिकिलोम बिक्री भएको प्याजको मूल्य शुक्रबार ४ रुपैयाँले घटेर ७० रुपैयाँमा कारोबार गरेको छ ।

यस्तै शुक्रबार ठूलो गोलभेडा प्रतिकिलो ५५, सानो गोलभेडा १९, रातो आलु ३२, गाजर लोकल ३०, गाजर तराई २२.३३, बन्दा लोकल १२.३३, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली १२.३३, स्थानीय काउली ज्यापु १७.६७, तराई काउली १२.३३, सेतो मुला २०, लाम्चो भान्टा २२.३३, डल्लो भान्टा ४५, मटरकोशा ५०, घिउ सिमी लोकल ५०, घिउ सिमी हाइब्रीड ५०, घिउ सिमी राजमा ९५, टाटे सिमी ४७.६७ र तिते करेला १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

लौंका ५०, घिरौला ११५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १०५, बरेला ४०, पिडालु ८५, स्कुस ३५, रायो साग १२.३३, पालुङ्गो साग ३५, चमसुर साग ४५, तोरीको साग २२.३३, मेथीको साग ४५, प्याज हरियो २५, बकुला ६५, तरुल ७५, कन्ये च्याउ ९०, डल्ले च्याउ ४२६.६७, राजा च्याउ २९०, ब्रोकाउली ४५, बन्दा रातो ६५, जिरीको साग ५५, सेलरी ३५०, पार्सले ६५०, अदुवा ११५, भेडे खुर्सानी ५५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य