लेखा समितिका सभापतिले भने-आइपिओ निष्कासनमा भएको निर्णय छलफल गरेर समाधान गर्न सकिन्छ

140
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्धन गर्न लागि लेखा समितिले सहयोग गर्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लेखा समितिको जलविद्युतको आईपिओ रोकिएको विषयमा  विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन् ।

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफलगरी समाधान गर्न सकिने बताए ।  ‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनको लागि अर्थ समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने,‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ ।’

डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था रहेको बताए । उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनि विभिन्न ट्रेन्डकै अध्ययन गरी निर्णय गरेको हो। ‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने,‘स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ ।’

लेखा समितिको  निर्देशनपछि जलविद्युत् आयोजना आइपिओ सेबोनले रोकेको छ ।