
काठमाडौं । गिरीबन्धु टि स्टेटको सक्कल फाइलसहित ७ दिनभित्र जवाफ पठाउन प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई सर्वोच्चको आदेश दिएको छ ।
सर्वोच्चले अदातलको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई किन कारवाही नगर्ने ? भनेर प्रश्न समेत सोधेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफसमेत मागेको छ ।
गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउँदै प्रधानमन्त्रीका नाममा पनि कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमिव्यवस्था मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।
साथै उसले गतवर्ष सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको गिरिबन्धु टी इस्टेटसम्बन्धी मुद्दाको मिसिल समेत साथै राख्न आदेश दिएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीको मुद्दामा भएको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो हुने गरी अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री केपी ओली लगायतमाथि अवहेलना कारबाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको ४ फागुनको इजलासले लिखित जवाफ माग्नुका साथै सम्बन्धित मुद्दाको फाइल पनि साथै राख्न आदेश दिएको हो ।
प्रतिक्रिया