कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

259
Shares

काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात पर्ने सम्भावना छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने विभागले जनाएको छ । तराईका भू–भागका केही स्थानहरूमा हुस्सु कुहिरो लागेको छ ।

Skip This