बेलुन पड्किंदा अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते

पौडेलसहित आर्चायलाई उपचारको लागि सिम्रिक हेलिकप्टरबाट कीर्तिपुर ल्याइयो, दुवैजनाको बर्न अस्पतालमा उपचार हुँदै

2.8k
Shares

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्केर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि सिम्रिक हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । अर्थमन्त्री पौडेलसँगै पोखराका मेयर आचार्य कीर्तिपुर बर्न अस्पताल भर्ना भएका छन् । 

बर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना उपचार भइरहेको जानकारी दिए । अस्पतालले जारी गरेको बिज्ञप्तीअनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरमा ५ देखि ६ प्रतिशतको हाराहारीमा जलेको पाइएको छ । अनुहानमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानीमा उपचार गर्नुपरेको बिज्ञप्तीमा उल्लेख छ ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेपछि पड्किएको थियो । बेलुन पडकिंदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए ।

अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो । सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।

अर्थमन्त्री पौडले र मेयर आचार्यको मुख र शरीरमा आगोको लप्काले पोलेको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ ।

मेयर आचार्यको गालामा आगोले पोलेको थियो ।

काठमाडौं ल्याउनुअघि घाइते भएका ति दुवैजनाको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

Skip This