
काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा हालसम्म तीनजनाको मृत्यु भइसकेको छ ।
घाइतेमध्ये शुक्रबार थप एकजनाको मृत्यु भएको छ । माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । तामाङसहित ग्यास विष्फोट्नमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
तामाङ उदयपुरको गढी गाउँपालिका–७ का स्थानीय हुन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेले ज्यान गुमाएका थिए । दुर्घटनामा परेका ८ जनाको कीर्तिपुरमा उपचार हुँदैछ ।
प्रतिक्रिया