
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी अदालतमा उद्योगपति गौतम अडानीविरुद्ध ठगी सम्बन्धी आरोपको मुद्दापछि गरिएपछि प्रतिक्रिया जनाएका छन् ।
हाल अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तापछिको पत्रकार सम्मेलानमा यसबारे पत्रकारले प्रश्न गरेका थिए ।
‘के तपाईंले ट्रम्पसँग गौतम अडानीको मुद्दामा छलफल गर्नुभयो ? के तपाईंले ट्रम्पलाई कुनै कारबाही गर्न आग्रह गर्नुभयो ?’ मोदीलाई ट्रम्पले प्रश्न गरेका थिए ।
त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि प्रधानमन्त्री मोदीसँगै उपस्थित थिए ।
यसको जवाफमा प्रधानमन्त्री मोदीले भने, भारत एक लोकतान्त्रिक देश भएको र आफूहरुको संस्कृति र परम्परा वसुधैव कुटुम्बकम् को सिद्धान्तमा आधारित रहेको बताए ।
‘हामी सम्पूर्ण विश्वलाई एउटै परिवार मान्छौं र हरेक भारतीयलाई म आफ्नो परिवारको सदस्य ठान्छु । यस्ता व्यक्तिगत घटनाका लागि दुई देशका राष्ट्रप्रमुखहरू भेट्न, बस्न वा छलफल गर्न उचित हुँदैन,’ मोदीले भने ।
हालै, गौतम अडानी, उनका भतिजा सागर अडानीसहित आठजनाविरुद्ध अमेरिकामा ठगी सम्बन्धी आरोपमा मुद्दा दर्ता गरिएका छन् ।
प्रतिक्रिया