भारी मतान्तरसहित नेसपा अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित, उपाध्यक्ष बनिन् मानुषी

1.1k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न मतगणनाअनुसार भट्टराईले ७६१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।

उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, आदिवासीतर्फ टेकबहादुर बाठामगर, मधेसीतर्फ उमेश साह निर्वाचित भएका छन् । यसअघि महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए । महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान निर्वाचित भए ।

आइतबारदेखि प्रज्ञा भवनमा सुरु भएको नयाँ शक्तिको महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो ।