
वीरगञ्ज । खसीको मासु भनेर बाख्राको मासु बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका सञ्चालक ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् ।
पक्राउ परेका उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनको पसलबाट १५ केजी बाख्राको मासु समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्सारीलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया