जनकपुर । रोयल इनफिल्ड प्रेमीका लागि एउटा विशेष उत्सवको रूपमा, हालै रोयल इनफिल्ड महाराइड सम्पन्न भएको छ ।
यो राइड, जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएर सिन्धुलीसम्म पुगेको थियो ।
यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राइड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको कम्पनीले जनाएको छ ।
जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो । बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् बिशाल हुन पुग्यो । थप राईडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो ।
कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल, नेशनल कार्टहेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो । सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए । यातायात मन्त्रालयका सचिव रन्जित यादवलगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।
रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवद्र्धन पनि गर्न चाहन्थे।
यस यात्राको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन:’घुमौ मधेश, बुझौँ मधेश’ क्याम्पियनलाई सफल बनाउन सहयोग पुर्याउने रहेको थियो ।
त्यस्तै नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसरको रुपमा राइडलाई लिइएको कम्पनीले जनाएको छ ।
सडक सुरक्षा प्रोत्साहन: अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्नु । राइडर समुदाय बलियो बनाउने प्रयास: समान रुचि भएका व्यक्तिहरूलाई एकिकृत गराउने र भातृत्व बिकास गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
रोयल इनफिल्ड महाराइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको जनाएको छ । यस्तो कार्यक्रमहरूले देशका विभिन्न सुन्दर गन्तव्यहरूलाई पर्यटन केन्द्र बनाउने सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया