
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार म:म: पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जनामध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
९ जनाको कीर्तिपुर अस्पतालमा उपचार जारी छ । ग्यास पड्किएपछि जलेर घाइते भएका उनीहरुलाई कीर्तिपुर अस्पताल लगिएको थियो ।








प्रतिक्रिया