काठमडौं । शिवम् सिमेन्ट कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा ६१.७७ प्रतिशतले घटेको छ ।
पुस मसान्तसम्म कम्पनीको नाफा ५ करोड ६८ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ८५ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले ब्यापार घट्दा नाफामा समेत प्रभाव पारेको छ ।
चालु आवको ६ महिनाको अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब १० करोड १६लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा ३ अर्ब ५१ करोड ९९ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म कम्पनीको अन्य आम्दानी १२ करोड २६ लाख २७ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा १७ करोड २ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खर्च पनि १२.३८ प्रतिशतले घटेर ४४ करोड ६४ लाख ६ हजार रुपैयाँ रहेको. छ । ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १५ करोड ३२ लाख ६३ हजार रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ छ ।
प्रतिक्रिया