
काठमाडौं । मौसम नखुलेका कारण सोमबार बिहान काठमाडौंबाट बाहिरिने विमानको उडानमा कठिनाई भएको छ ।
बाक्लो हुस्सुका कारण जहाज उडान गर्न आवश्यक पर्ने भिजिबिलिटी नहुँदा काठमाडौंबाट हुने माउन्टेनसहित अन्य विमानहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन सकेको छैन । बिहान ७ बजेदेखी बायुसेवा कम्पनीले उडान सुरु गर्न प्रयास गरेपनि कम भिजिबिलिटिका कारण उडान हुन सकेको छैन ।
त्रिभुवन बिमानस्थलका अनुसार उडान गर्न कम्तीमा १६ सय मिटर भिजिबिलिटी चाहिने भएपनी बिहान पौने ८ सम्म १ हजार मिटरको मात्रै भिजिबिलिटी छ । बिमानस्थलका अनुसार उडान खुल्न केही समय लाग्ने छ ।
प्रतिक्रिया