काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै वर्तमान सरकार कसरी असंवैधानिक भन्दै प्रश्न गरेका छन् ।
यसअघि बिहीबार प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको दाबी गरेका थिए । शर्माले कांग्रेस समर्थनमा माओवादी प्रधानमन्त्री संवैधानिक र एमाले अध्यक्ष बन्दा कसरी असंवैधानिक भन्दै उनले प्रश्न गरे ।
‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रधानमन्त्री बन्दा संवैधानिक, त्यही संविधानको त्यही धारा र उपधाराअनुसार कांग्रेस समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक?’ महामन्त्री शर्माको प्रश्न छ ।
अध्यक्ष दाहालले आफूले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नुपर्नेमा ओलीको नेतृत्वमा बनेको भन्दै असंवैधानिक रहेको बताएका थिए।
प्रतिक्रिया