आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड जित्न सफल


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल भएको छ ।

इन्स्योरेन्सले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ तीन विधामा अवार्ड जित्न सफल भएको छ ।

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको छ । यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो ।

यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक-केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।

नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए उनीसगँ जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पार्रे ।

कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल (डी.जी.) आइसिसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लु सिले विशेष सम्बोधन गरेका थिए ।