सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

बैंककमा आयोजना भएको आईसीसी २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।

कम्पनीले “उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,” “बीमा क्षेत्रमा महिला नेतृत्व,” तथा “उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा” विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यवसायिक उत्कृष्टता प्रमाणित गरेको छ । बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए ।

यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गरेको इन्स्योरेन्सले जनाएको छ ।

यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ । साथै, सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको कम्पनीले जनाएको छ ।