बाबुराम भट्टराई नेतृत्वको नेसपाको महाधिवेशन आजदेखि सुरु


काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदै छ ।

महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । आगामी माघ २९ गतेसम्म यो चल्नेछ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको पार्टीले बताउँदै आएको छ ।

Skip This