![](https://clickmandu.com/wp-content/uploads/2025/02/rabi-Lamichhane_chitawan-Adalat-768x403.png)
चितवन । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबासीले आफूलाई दुई पटक निर्वाचित गरेको भए पनि जालझेल गरेर सांसद पद निलम्बन गरिएको बताएका छन् ।
बिहीबार चितवन जिल्ला अदालतको आदेश बमोजिम ५४ लाख रुपैयाँ धरौटी बुझाएर निस्कने क्रममा लामिछानेले चितवन देवभूमि भएको र यहाँबाट न्याय नपाउने भन्ने हुने बताए ।
चितवनबासीले आफ्नो न्यायका लागि बारम्बार लडेको भन्दै लामिछानेले दुईपटक चितवनका मतदाताले जिताएको भए पनि जालझेल गरेर सांसद पद निलम्बन गरिएको बताए ।
उनले चितवनले परिवर्तन जन्माउन खोजेको र अहिले शिशु जन्माउने बेलाको जस्तो प्रशव पीडाको समय भएको बताए ।
‘यो प्रसव पीडा हो, बच्चा जन्माउनुअघि जसरी आमाहरुले पीडाबाट गुज्रुनपर्छ त्यसैगरि चितवनले परिवर्तन जन्माउन खोजेको छ,’ लामिछानेले भने, ‘त्यसको गर्भाधानको संकेत दुईवटा निर्वाचनमा चितवनले दिएको छ ।’
उनले चितवनबासी आमाबुवाको मन रोएको भन्दै परिवर्तनको जन्म भएरै छाड्ने बताए ।
चितवनको साहार सहकारी ठगी आरोपमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । बुधबार र बिहीबारको बयान र थुनछेक बहसपछि उनलाई अदालतले धरौटीमा रिहा गरेको हो । अब उनले बाहिरै बसेर मुद्दा लड्न पाउने छन् ।
प्रतिक्रिया