![](https://clickmandu.com/wp-content/uploads/2025/02/rabi-Lamichhane_chitawan-Adalat-768x403.png)
चितवन । साराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ ।
मंगलबार दायर भएको यो मुद्दाको थुनछेक बहस बुधबारदेखि सुरू भई बिहीबार दिउँसो सवा तीन बजे सम्पन्न भएको थियो ।
पक्ष विपक्षका वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश दयाराम ढकालले प्रतिवादीलाई थुनामा राख्ने, कारागार पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने निर्णय गर्नेछन् । बहस सम्पन्न भएकाले आजै आदेश आउने सम्भावना रहेको छ।
रवि लामिछानेविरुद्ध सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानासहितको सजायको माग दाबी गरिएको छ। साथै, साहारा सहकारीबाट गोरखा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ लामिछानेसहित चार जनाको सामूहिक दायित्वमा असुल गर्न माग राख्दै मुद्दा दायर भएको छ।
प्रतिक्रिया