काठमाडौं । राष्ट्रिय सभाको बैठकमा उपस्थित सांसद अस्वस्थ भएका छन् । आइतवारको बैठकमा विशेष समयमा बोल्न समय लिएका कांग्रेस सांसद नारायणदत्त भट्ट अचानक चक्कर लागेर अस्वस्थ भएका हुन् ।
सुगरका बिरामी रहेका भट्टको अवस्था असहज भएपछि उपचारका लागि लगिएको छ । अस्वस्थ भएका भट्टलाई सांसदहरुले बैठककक्षबाट बाहिर लगेका थिए ।
‘अहिले यही आएर बिरामी हुनु भएको हो कि के हो ? यही आएर हो कि? अस्पताल लैजानु पर्ने हो कि के हो? सचिवज्यू जानु भएको छ क्यार । त्यसो भए बैठक अघि बढाउ है’ भन्दै सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक चलाएका थिए ।
भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेसबाट उनको ठाउँमा बिष्णुकुमारी सापकोटालाई बोल्न समय दिएका थिए ।
प्रतिक्रिया