कांग्रेसको आयोजनामा स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन सुरु


काठमाडौं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन सुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा सुरु यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धन समेत हुने विश्वास लिएर कार्यक्रम सञ्चालन गरिएको हो ।

सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउनेछन् ।

दुई दिन चल्ने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्रमार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरू बीच छलफल गरिएको छ ।

उक्त सम्मेलनको समुद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।