संसार हल्लाएको चिनियाँ एआई स्टार्टअप डीपसिक, अमेरिकी कम्पनीलाई एकैदिन ६ खर्ब क्षति

2.7k
Shares


काठमाडौं । चीनको एआई स्टार्टअप डीपसिकले संसारभरको स्टक मार्केट (सेयर बजार) लाई हल्लाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल डीपसिक भी थ्रीले अमेरिकाको टेक्नोलोजी कम्पनी एनभिडियालाई आकाशबाट सोझै जमिनमा पछारेको छ ।

सोमबार बिहान अमेरिका स्टक बजार खुलेको केही बेरमै अमेरिकी कम्पनी एनभिडिया कर्पको शेयर एकै पटक भुईंमा खसेको थियो । संसारभरको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी मानिएको एनभिडियाले पहिलो पटक चीनको सामान्य मानिने डीपसिकबाट यति ठूलो क्षति व्यहोर्न बाध्य भएको थियो ।

एआई एपको लागि आवश्यक पर्ने चिप्स एनभिडियोले उत्पादन गर्दैआएको छ । ब्लुमवर्गको रिर्पोटअनुसार अमेरिकन सेयर बजार सोमबार बिहान खुल्ने बित्तिकै एनभिडियाको सेयर १७ प्रतिशतको दरले तल झरेको थियो ।

यसले गर्दा अमेरिकन कम्पनी एनभिडियाले ६ खर्ब अमेरिकी डलरबराबरको क्षति व्यहोर्न बाध्य भयो । सेयर बजारमा यो डलरबराबरको क्षति भएको यो घटनालाई संसारभर ऐतिहासिकरुपमा लिइएको छ ।

डीपसिकका कारण एनभिडियाले मात्रै होइन, संसारभरको ५ सयभन्दा बढी संख्यामा रहेका धनाढयहरुले संयुक्तरुपमा एक दिनमै १०८ विलियन अमेरिकी डलर गुमाएका छन् ।

चिनियाँ एआई प्रविधि डीपसिकको कारण अमेरिकी सेयर बजारमा परेको प्रभावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत चिन्ता व्यक्त गरेका छन् ।

सोमबार मात्रै राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै भनेका थिए, ‘डीपसिकले संसारभरको एआई प्रविधिमाथि नै आक्रमण गरेको छ, यो विषयमा अब अमेरिकाले गम्भिर भएर सोच्न आवश्यक छ ।’

ट्रम्पले हालै एआईसम्बन्धी ५ खर्ब अमेरिकी डलर लागतको एउटा आयोजना अगाडी बढाएका छन् ।

डीपसिकको एआई असिस्टेन्टले एप्पलको एप स्टोरमा च्याटजीपीटीसहित अन्य एआई प्रविधिलाई पछार्दै आफू पहिलो नम्बरमा आइ पुगेको छ । अहिले एप्पलको एप स्टोरमा डीपसिकले सबैभन्दा ठूलो रेटिङसमेत प्राप्त गरेका छन् ।

यो बिषयले गर्दा संंसारभरका प्रविधि क्षेत्रका दिग्गज विज्ञहरु अहिले चिन्तामा डुबेका छन् । उनीहरुले डीपसिकको इनोभेसनका कारण एआईको संसारमा ठूलो भूइँचालो जान सक्ने आँकलन गर्न थालेका छन् ।

डीपसिक निर्माण गर्न अमेरिकाको प्रमुख चिप्स निर्माता कम्पनी एनभिडियाले उत्पादन गरेको जीपीयु प्रयोग गरिएको छ । हालै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसहित अन्य मुलुकमा आफ्नो मुलुकमा उत्पादन भएको यस्तो चिप्स निर्यातमा प्रतिवन्ध लगाएको थियो ।

के हो डीपसिक भी थ्री ?

डीपसिक निःशुल्क एआई (आर्टिफिसिएल इन्टेलिजेन्स) सुविधा उपलब्ध गराउने चीनको स्टार्टअप प्रविधि हो ।

यसको निर्माण स्टार्टअप इनोभेसन अन्तर्गत चीनको लियाङ वेनफेङले गरेका थिए । यसअन्तर्गत पहिलो संस्करण एआई च्याटवट डीपसिक आर वान सार्वजनिक गरिएको थियो । जसले बजारमा निक्कै वाहवाही पाएको थियो ।

यस लगत्तै परिस्कृत भएको नयाँ संस्करण डीपसिक भी थ्री एआईको संसारमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको केहि दिनमै संसारभरको एआई प्रविधिको संसारमा सबैलाई उछिन्दै एक नम्बरमा पुग्न सफल भएको छ ।

डीपसिकले संसारकै सबैभन्दा सस्तो मूल्यको कम डाटा खपत गर्ने चिप्स उत्पादन गरेको छ । डीपसिक भी थ्री निर्माण गर्न जम्मा ५.६ मिलियन अमेरिकी डलर खर्च भएको थियो ।

डीपसिकले अमेरिकाको टेक्नोलोजी कम्पनी ओपेन एआई, गुगल र मेटाजस्तो कम्पनीलाई समेत टक्कर दिन थालेको छ ।

को हुन लियाङ वेनफेङ ?

चीनको झानजियाङमा जन्मेका ४० वर्षिय वेनफेङ डीपसिकका फाउण्डरका साथै सिइओसमेत छन् । उनका बुबा सरकारी विद्यालयको प्राथमिक तहको शिक्षक थिए ।

उनको सुरुआति शिक्षा निक्कै कमजोर थियो । उनले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा शिक्षा प्राप्त गरेका छन् ।

उनले सन् २०१३ मा हाङजो याकेवी इन्भेष्टमेन्ट म्यानेजमेन्ट र २०१५ मा झेजियाङ जियुझ्याङ एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरेका थिए ।

यसबाहेक सन् २०१९ मा हाई फ्लाएर एआईसमेत सार्वजनिक गरेका थिए । यसपछि उनले २०१४ को अन्तिम समयमा डीपसिकको स्थापना गरेका थिए ।