कस्तो रहला आजको मौसम ?


काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी प्रदेशको पहाडी भूभागको मौसममा आंशिक परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भूभागबाहेक बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । यस्तै गण्डकी प्रदेशमाा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा राति पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशमा दिउँसो मौसम मुख्यतया सफा रहने सम्भावना रहने छ । राति पनि यही अवस्था रहने छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।