बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बोलायो तीन वटा सहकारीका सञ्चालक, कर्मचारी र ऋणी


काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन वटा सहकारीका सञ्चालक तथा कर्मचारीलाई बोलाएको छ ।

समितिले तीन वटा सहकारीका सञ्चालकलाइ बोलाएर आवश्यक सहयोग गर्न भनेको छ । प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ को उपदफा (२) बमोजिम बागमती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०८१ पुस २८ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट ललितपुरको सुमेरु बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

यी तीन वटा सहकारीका सञ्चालक तथा कर्मचारीले सो सहकारीसंग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समितिसमक्ष बुझाई कार्यालय बन्द गर्नुका साथै कुनै पनि कारोबार नगर्नु नगराउन भनेको छ ।

ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्नुु साथै साबिक सञ्चालक तथा कर्मचारीसंग भुक्तानीसम्बन्धी कुनै पनि कारोबार नगर्न भनेको छ ।

बचतकर्ताहरुले बचतसंग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी आवेदनको सूचाना जारी भएपछि यस समितिसमक्ष पेस गर्न भनेको छ ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको कार्यालयसंग मात्र सम्पर्क राखी कारबाही गर्न भनेको छ ।