काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहसपछि सरकारी वकिलको जवाफी बहस भएको हो ।
दुवै पक्षको बहस सकिएकाले आजै आदेको तयारी रहेको स्रोतले जनाएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । बहस सकिएसँगै न्यायाधिशले आजै आदेश जारी गर्ने तयारी गरेका छन् ।
बहस सकिएसँगै पुर्वगृहमन्त्री लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा सामान्य तारेखमा रिहाइ गर्ने भन्ने आदेश आउनेछ । लामिछानेलाई यसअघि पोखराको सुर्यदर्शन सहकराी ठगीको मुद्धामा जिल्ला अदालत कास्कीले ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
आइतबार बुटवलमा बहस सकिएसँगै अदालतले पुर्पक्षको लागि थुनामा राख्ने, साधारण तारेख वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिने तयारी गरेको हो ।
प्रतिक्रिया