सुर्खेत । रुकुम पश्चिममा विवाहका लागि भागेका जोडी मृत अवस्थामा परेका छन् ।
त्रिवेणी गाउँपालिकाको–४ खुम्चेरीमा केटाकेटी एकैस्थानमा मृत अवस्थामा फेला परेका हुन् ।
भागिराम खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर मृत अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष नन्नराम बाँठाले बताए ।
विवाहका लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए ।
वडाध्यक्ष बाँठाकाअनुसार शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवै जना मृत अवस्थामा फेला परेका हुन् । लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका हुन् भने सपना भुइँमा मृत भेटिएकी हुन् ।
लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारका लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो ।
प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।
प्रतिक्रिया