ट्रम्प प्रशासनले रोक्यो विदेशमा दिइने सबै प्रकारका सहयोग


काठमाडौं । नवनियुक्त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकलाई उपलब्ध गराउँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ ।

बीबीसी अनुसार ट्रम्पले यो व्यवस्थासहितको आदेश सोमबार जारी गरेका थिए । अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको मेमोअनुसार अमेरिकाको विदेश विभागले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको छ।

विदेश नीतिको समीक्षा नहुँदासम्म ९० दिनका लागि विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ।

संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो। २०२३ को सरकारी तथ्यांकअनुसार, अमेरिकाले वैदेशिक सहायतामा ६८ अर्ब डलर खर्च गर्छ।

अमेरिकी विदेश विभागको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबैतिर लागू हुनेछ।

विदेश विभागले जारी गरेको ज्ञापनपत्रमा इजरायल र इजिप्टलाई आपत्‌कालीन खाद्य सहायता र सैन्य सहायतालाई अपवादका रूपमा समावेश गरिएको छैन।