ब्याज आम्दानी घट्दा पनि ग्लोबल आईएमईको नाफा १ अर्बले बढ्यो, निष्क्रिय कर्जा ५ प्रतिशत नजिक


काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले पुस मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा १ अर्ब बढी नाफा गरेको हो ।

गत आवको पहिलो अर्धवार्षिक अवधिसम्म बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी, फिस तथा कमिनस आम्दानी घटे तापनि नोक्सानी व्यवस्थाका लागि छुट्याउन रकम घट्दा नाफामा भारी सुधार भएको छ ।

यस अवधिमा बैंकले ८ अर्ब २९ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गर्न सफल भएको छ जुन गत अवको भन्दा ७३ करोड कम हो । तर, प्रोभिजनमा बैंकले २ अर्ब २० करोडमात्र थपेको छ ।

गत आजको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड रुपैयाँ प्रोभिजन गरेको थियो । ६ महिनाको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसा, निष्क्रिय कर्जा ४.८६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १६९.५८ रुपैयाँ कायम भएको छ ।

Skip This