
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशतले धेरै हो ।
गत आवको सोहि अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ७६ करोड रुपैयाँ थियो ।
बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा रहेको छ । सञ्चालन नाफा ४५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ रहेको छ ।
बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोड रुपैयाँ ऋणात्मक छ । बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ ३५ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । बैंकको खराब कर्जा ५.०६ प्रतिशत छ ।
प्रतिक्रिया