न्यूनचापीय प्रणालीको प्रभाव कर्णाली र सुदूरपश्चिममा आंशिक बदली


काठमाडौं । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसका कारण कर्णाली र सुदूरका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।