कपिलवस्तु । रकमको स्रोत नखुलेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयलका अनुसार मायादेवी गाउँ पालिका वडा नं. ७ वसन्तपुर बस्नेत ३० वर्षीय निरजकुमार मिश्रलाई स्रोत नखुलेको अभियोगमा १५ लाख ७० हजार नगद नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
मिश्रलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । साइकलमा बर्रोहियादेखि तौलिहवा जाँदै गर्दा बाटोमा रोकेर मिश्रलाई चेक जाँच गर्दा उनले बोकेको कालो झोलामा सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मिश्रलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर मुद्धामा थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
प्रतिक्रिया