काठमाडौं । पर्याप्त भिजिबिलिटी नहुँदा नेपालगञ्ज र सिमराको सबै हवाई उडान रद्द भएको छ ।
विहीबार विहानैदेखि काठमाडौं विमानस्थलबाट बाहिरिने हवाई उडानका लागि विभिन्न विमानस्थलमा हवाई उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा उडान प्रभावित भएको हो । भिजिबिलिटी कम भएका कारण उडान ढिलो हुनेसमेत भएका छन्।
भिजिबिलिटी कम भएकै कारण काठमाडौंबाट जानुपर्ने बुध्द एयरको जनकपुरका लागि तय भएकामध्ये तीनवटा उडान रद्द भएको छ ।
उडानका लागि प्रतिकुल मौसमकै कारण विराटनगरको समेत उडान प्रभावित भएको निजी क्षेत्रको वायुसेवा कम्पनी बुध्द एयरले जानकारी दिएको छ ।
प्रतिक्रिया