हान सातै प्रदेशमा स्थापना, पर्यटन विस्तारलाई गति दिने



काठमाडौं । होटेल संघ नेपाल (हान) अब सातै प्रदेशमा रहने भएको छ । हानको बुधबार सम्पन्न स्थापना दिवसको अवसर पारेर सातै प्रदेशमा हान फैलिएको घोषणा गरिएको हो ।

हानले विशेष साधारण सभा गरेर विधान संशोधन गरेर सातै प्रदेशमा जाने औपचारिक ब्यवस्था गरेको हानका वरिष्ठ उपाध्यक्ष प्रविनबहादुर पाण्डे बताए । उनले भने ‘अब हामी देशै भरी दौडने छौं ।’

हान सातै प्रदेशमा जाने औपचारिक निर्णयले पर्यटन विकासले गति लिने पनि उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले पर्यटक बढाउन बोर्डले प्रवर्द्धन बढाउने पनि बताए । उनले निजी क्षेत्रसँगको समन्वयमा पर्यटक बढाउने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी कर्ण शाक्यले अर्काको नक्कल गर्नेले कहिल्यै सफलता नपाउने र जसले नयाँ काम गर्छ उ नै सफल हुने बताए । उनले नया ढंगले काम गर्न नसक्नेले होटेल रेस्टुरेन्ट मात्रा नभएर आफैंलाइ सम्हाल्न नसक्ने बताए ।


क्लिकमान्डु