ब्याड बैंक खोल्न सरकारले गर्यो कानुनी व्यवस्था



काठमाडौं । सरकारले ब्याड बैंक खोल्न कानुनी व्यवस्था गरेको छ । सरकारले अध्यादेशमार्फत् सम्पत्ति व्यवस्थापन कम्पनीलाई सेवा उद्योगको रुपमा पहिचान गरेको हो ।

सम्पत्ति व्यवस्थापन वा एसेट म्यानेजमेन्ट कम्पनीलाई बोलीचालीको भाषामा ब्याड बैंक भनिन्छ । बैंकहरुको गैरबैंकिङ सम्पत्ति वा खराब कर्जा व्यवस्थापन गर्नेगरी स्थापना हुने यस्ता कम्पनीबारे कानुनमा प्रबन्ध छैन ।

पछिल्लो समय बैंकहरुको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढेका कारण ब्याड बैंकको अवधारणाबारे चर्चा चलेको छ । अध्यादेशमार्फत् सम्पत्ति व्यवस्थापन कम्पनीलाई सेवा उद्योगको वर्गमा थप गरिएसँगै अब यस्तो कम्पनी स्थापनाको प्रक्रिया अघि बढ्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने उद्घोष गरेको थियो ।


क्लिकमान्डु