अध्यादेशमा कांग्रेसको असहमति छैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलभित्र कुनै पनि असहमति नभएको बताएका छन् ।

अध्यादेशबारे स्पष्टीकरण दिन बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारमा रहेका दलहरुबीचको एकता यसबाट सुदृढ ढंगले भएको बताए ।

‘हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा अक्षरमा पनि कहिँ कतै असहमति छैन । पूर्ण सहमतिका साथ अध्यादेशहरू आएका छन्।’

उनले नेपाली कांग्रेस शीर्ष नेतृत्व, कर्मचारी, विज्ञ, उद्यमीको समस्या सुनेर अध्यादेश ल्याइएको बताए ।

अध्यादेशले जनताका समस्या सम्बोधन गर्नेुका साथै सुशासन र विकासलाई पनि अघि बढाउने उल्लेख गरे ।


क्लिकमान्डु