रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश



काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा लामिछानेलाई बुधबार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सहकारीको रकम अपचलन आरोमा मुद्दा दर्ता भएका उनी आइतबार अदालतमा स्वयं उपस्थित भएका थिए । त्यसअघि गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनी ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।


क्लिकमान्डु